२८ कार्तिक, सुनसरी। सुनसरीको इनरुवा नगरपालिका-६ मधेसा बस्ने सुरेन्द्र कटुवालको घरमा सोमबार आगलागी भएको छ। विहान ५ बजे विधुतको तार सर्ट भई अचानक लागेको आगोले उनको दुई तले घर, घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी २२ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी दमकल, प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
एता सुरेन्द्र कटुवालका आफ्नतजन बिनोद कटुवालले सामाजिक सञ्जाल मार्फत इनरुवा नगरपालिका माथि आफ्नो आक्रोस पोखेका छन। इनरुवा नगरपालिकामा रहेको बारूणयन्त्र खराबी भएर आगो निभाउन नपुगेकोले आक्रोस पोखेका हुन।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia