डा. तुषार झा तथा एच. ए. ओम यादवमाथि प्रहरीद्वारा हातपात भएको भन्दै इनरुवा अस्पतालको इमर्जेन्सी लगायत सबै सेवा ठप्प भएको छ। स्वास्थ्यकर्मीले नारा जुलुस गर्दै दोषी उपर कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। स्वास्थ्यकर्मीहरुले प्रहरी निरिक्षक सन्तोष पोखरेलले हातपात गरेको आरोप लगाएका छन्।

आज साझ करिब ५:३० मा इनरुवाबाट दुहबी तर्फ जादै गर्दा इनरुवा ५ देबेन्द्र चौक नजिक मोटरसाइकलमा सवार रामचन्द्र भट्टराईको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको थियो। मृत्क भट्टराई प्रहरी निरिक्षक सन्तोष पोखरेलका भिनाजु रहेको र आवेगमा स्वास्थ्यकर्मीहरु माथि हातपात गरेको आरोप लागेको छ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले गरेको प्रदर्शनमा स्थानिय युवा तथा सर्वसाधरणको पनि उल्लेखनिय उपस्थिति रहेको थियो भने जिल्ला अस्पताल इनरुवा व्यवस्थापन समितीका अध्यक्ष रमेश कटुवाल तथा इनरुवा नगरपालिकाका मेयर राजन मेहताको पनि उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia