३० कार्तिक, इनरुवा। ईनरुवा नगरपालिका ५ स्थित देवेन्द्र चौकमा बिहीबार साँझ सडक दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको छ। ईनरुवाबाट दुहवीतर्फ जादै गरेको बा २४ प ८२४४ नम्बरको मोटरसाईकल सडकमा अचानक भैँसीसंग ठोक्किएर लड्दा बिपरित दिशाबाट आउँदै गरेको को १ ज ७०३३ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो।

साँझ ६ बजे भएको दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा दुहबी नगरपालिका १० बस्ने ४५ बर्षिय रामचन्द्र भट्टराई गम्भीर घाईते भई उपचारकालागी जिल्ला अस्पताल ईनरुवामा लगिएकोमा उपचारको क्रममा सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिप्रका सुनसरीले जनाएको छ।

 

जिल्ला प्रशासन कार्यालय सुनसरीका ना.सु. रामचन्द्र भट्टराईको मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएकोमा उहाँ प्रती इनरुवा अनलाइन परिवार भावपुर्ण श्रद्धाञ्जली प्रकट गर्दछ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia