१ मंसिर, इनरुवा। जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा कार्यरत प्रहरी निरीक्षक सन्तोष पोखरेल कार्वाहीमा परेका छन् । चिकित्सकमाथि हातपात गरेको पुष्टि भएसँगै उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले कार्वाहीकालागि १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको जिम्मा लाउने भएको छ ।
दोषीलाई कार्वाहीको माग गर्दै आन्दोलित बनेका स्वास्थ्यकर्मीहरुले इमरजेन्सी बाहेकका सेवा ठप्प पारेपछि सर्वपक्षिय बैठक डाकिएको थियो । नगर प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली सहित सुरक्षा निकायका प्रमुख र आन्दोलित स्वास्थ्यकर्मी लगायतको उपस्थितीमा बसेको बैठकले प्रहरी निरीक्षक पोखरेल उपर कार्वाही अघि बढाउने सहमति गरेको थियो । बैठकमा जिल्ला स्थित सरोकारवालाहरुले अस्पतालको सुरक्षा व्यवस्था मजबुत बनाउने र गल्ती दोहोरिन नदिने प्रतिवद्धता जनाएपछि आन्दोलित स्वाथ्यकर्मीहरु काममा फर्किएका छन् ।









