- दिपेन्द्र यादव

२ मंसिर,  इनरुवा। सुनसरी निर्वानच क्षेत्र न. २ मा राष्ट्रिय जनता पार्टी नेपालको तर्फ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी मुन्नादेवी मेहताको जीत सुनिश्चित रहेको स्थानिय मतदाताहरुले बताएका छन।

सुनसरी निर्वाचन क्षेत्र नं. २ का अधिकांश मतदाताहरु मुन्नादेवी मेहतालाई जिताउँने अभियानमा लागी परेको इनरुवाको स्थानिय मतदाता चन्दन मेहताको भनाई रहेको छ। स्थानिय मतदाता चन्दन मात्र होइन चन्दन जस्ता अरु मतदाताहरु आफ्नो घरपरिवार छोडेर समेत मुन्नादेवी मेहतालाई अधिक भन्दा अधिक मतबाट जीताउँनका लागि सकृय रहेको राजपा नेता शिवलाल मेहताको कथन छ। यता मेहता आफ्नो दैनिक दिनचर्या चलाउँन आफु पहिला करेसाबारीमा भ्याइ नभ्याइ रहेपनि अहिले त्यो पनि बिर्सेर अहिले मुन्नादेवीलाई कसरी जिताउँने अभियानमा लागी परेका छन।

सुनसरीको प्रभावशाली नेता अरविन्द मेहताको विगत केही वर्ष अगाडी निधन भएका कारण आसन्न प्रतिनिधिसभा सदस्य पदका लागि उहाँकी श्रीमति मुन्नादेवि मेहतालाई राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट उहाँलाई उम्मेदवारी दिलाएको छ । स्वर्गीय अरविन्द मेहताको श्रीमति मुन्ना देवी नेता नभएपनि समाजसेवीको रुपमा निकै लामो समयदेखी समाजसेवामा सक्रिय हुनुहुन्छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia