४ मंसिर, इनरुवा। आसन्न निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सुनसरीका सुरक्षा निकायहरुले संयुक्त अनुगमन थालेका छन् । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै प्रमूख जिल्ला अधिकारी सहितको टोलीले संयुक्त अनुगमन थालेको हो ।

सुनसरीमा विप्लव माओवादी समूहलाई सम्भावित चुनावी थ्रेटका रुपमा हेरिएको छ । खासगरी जिल्लाको उत्तरी पहाडी भेग सहितका क्षेत्रमा विप्लव कार्यकर्ताहरुको उपस्थिती र गतिविधीलाई प्रहरी प्रशासनले प्रमुख चुनौतिका रुपमा लिएर सुरक्षा बन्दोवस्ती मिलाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए । सुनसरीको धरान सहित बराहक्षेत्र, भरौल, बकलौरी, हाँसपोसा, महेन्द्रनगर सहित आसपासका क्षेत्रलाई विप्लव कार्यकर्ताको प्रभाव क्षेत्रका रुपमा लिने गरिन्छ ।

अनुगमनका क्रममा विद्यालय समयमा शिक्षक उपस्थित नहुने र गयल रहने गरेको भेटिएको सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी कमल थापा सहितको टोलीले सुनसरीका विभिन्न विद्यालयमा छड्के गरेको थियो ।
सुगम मानिएका क्षेत्रको तुलनामा ग्रामिण भेग तथा जिल्लाको उत्तरी भेगका पहाडी वस्तीमा विद्यालयमा शिक्षकको उपस्थिती नरहने गरेको पाइएको सहायक प्रजिअ थापाले जानकारी दिए ।

शिक्षकहरुको अनुपस्थितीमा बालबालिकाको पठनपाठन प्रभावित हुने गरेको पाइएकाले त्यस्ता विद्यालयको हकमा सम्वन्धित शिक्षकहरु उपर कार्वाहीको प्रकृया थालिने जिल्ला शिक्षा अधिकारी सुवेदीले बताए । जिल्ला शिक्षा अधिकारी सुवेदीले कार्वाहीमा परेका विद्यालय र प्रअ सहितका शिक्षकका सवालमा कावार्हीसँगै अनुगमनको कार्यलाई तिव्रता दिईने बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia