११ मंसिर, अमर काफ्ले इनरुवा। प्रधानमंत्री शेरबहादुर देउवाले एमाले माओवदीबिचको गठबन्धनले मुलुकलाई अधिनायकबाद तर्फ डोर्याउन खोजेको आरोप लगाएका छन् । देउवाले नेकपा एमालेले तराई र पहाडेबिच द्धन्द्ध फैलाएर राजनैतिक अस्थिरता बढाएको बताए ।

बाम गठबन्धनले चुनावमा बहुमत हासिल गरे तराई, मधेश, पहाड सबै भेगका जनताको अधिकार कुण्ठित हुने र एकतन्त्रिय अधिनायकबादले मुलुकलाई जटिततातर्फ धकेल्ने बताए । सुनसरीको देवानगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गदै देउवाले मंसिर २१ गतेको निर्वाचनले नेपाली कांग्रेसलाई जनताको मतले ठुलो पार्टी बनाउने भन्दै बाम गठबन्धनको जितको सपना चकनाचुर हुने दावी समेत गरे ।

त्यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान मंत्री बिजयकुमार गच्छदारले विगतदेखि मुलुकका प्रमुख क्रान्तिहरुमा नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्दै आएकाले अबको नेतृत्व समेत कांग्रेसकै हातमा जाने निश्चित रहेको बताए । बाम गठबन्धन गरी सत्ता हत्याउने दाउमा लागेकाहरु मंसिर २१ को चुनावी नतिजाले पाखा लाग्ने गच्छदारको भनाई थियो । गच्छदारले लोकतन्त्र रक्षा सहित समग्र मूलकको शान्ति र समृद्धिकालागि नेपाली कांग्रेस बाहेकको विकल्प नरहेको धारणा राखे ।

त्यसैगरी सोही सभामा बोल्ने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले सदैव लोकतन्त्र सखाप पार्ने काम मात्रै गर्दै आएको बताए । पौडेलले एमालेले मुलुकको हीतका कुनै काम गर्न नसकेको आरोप लगाए । सबैजातजातिको रक्षा र मुलुकको समृद्धिकालागि नेपाली कांग्रेसको जित आवश्यक रहेको उनको धारणा थियो ।तस्बिर : फेसबुकको वालबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia