११ मंसिर, इनरुवा । सुनसरीको भोक्राहा गाउँपालिका ६ नरसिंहका अग्नि पीडितलाई सुनसरी प्रशासनले राहत वितरण गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी नेतृत्को टोलीले प्रति परिवार नगद ५ हजारका दरले सरकारी राहत उपलब्ध गराएको हो ।
सहायक प्रजिअ भण्डारीले नरसिंहका अग्नि पीडितहरुलाई भेटेर राहत रकम हस्तान्तरण गर्नु भएको थियो । कालु ऋषिदेवको घरबाट सल्केको आगोले मुसहरी वस्तीका १४ घर जलेका थिए । पीडितकालागि सुनसरी प्रशासनको रोहवारमा घटना लगत्तै लत्ताकपा, त्रिपाल सहित चिउरा वितरण गरिएको र आज थप राहत सामाग्री भोक्राहा गाउँपालिकाले उपलब्ध गराएको सहायक प्रजिअ भण्डारीले जानकारी दिनुभयो । आगलागीमा १४ परिवारको घर टहरा, धनमाल जलेर नष्ट हुँदा २० लाख बढीको क्षति भएको सुनसरी प्रशासनले अनुमान गरेको छ ।








