११ मंसिर, इनरुवा। नेपाली कांग्रेस सुनसरीको क्रियाशिल सदस्य रहेका चार दर्जन बढीले एकसाथ पार्टी परित्याग गरेका छन् । संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनिहरुले पार्टी जिल्ला पंक्तिसँग असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको जनाएका छन् ।

सामूहिक रुपमा कांग्रेसको क्रियाशिल सदस्यता त्यागेकाहरुले पार्टी सभापति राजिव कोइराला, पूर्व सांसद सीताराम मेहता र नगर प्रमुख राजन मेहताको हैकमवादी पराकास्टा र विभेदकारी नीतिका कारण पार्टी त्यागेको विज्ञप्तीमा उल्लेख गरेका छन् । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता त्याग गर्नेमा पंचु मेहता, रामसेवक मेहता, रामदेव मेहता, विन्दी मेहता, रितनारायण मेहता, शंकर मेहता, गिता मेहता, महेश मेहता लगायतका रहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia