१२ मंसिर, अमर काफ्ले इनरुवा। मंसिर २१ गतेको निर्वाचनमा खटिने मतदान अधिकृत सहित सहायक मतदान अधिकृतहरुकालागि सुनसरीमा आजबाट अनुशिक्षण थालिएको छ । मतदान प्रकृया, मतपत्र सहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रणालीका बारेमा सहभागीहरुकालागि अनुशिक्षण थालिएको मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।
दुई चरणमा संचालन हुने अनुशिक्षण अन्र्तगत आज पहिलो चरणमा ६ सय जना सहभागि भएका थिए । प्रत्येक चरणका सहभागीहरुलाई दुईदिन अनुशिक्षण दिइनुकासाथै नमूना मतदान प्रकृयामा सहभागि गराइने जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिनुभयो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनकालागि सुनसरीमा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी १ हजार १ सय ७ जना खटिंदै छन् । तालिमको उद्घाटन सुनसरीका मूख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले गर्नुभएको थियो । कार्यक्रममा सहभागि प्रमूख अतिथी निर्वाचन आयोगकी केन्द्रिय अनुगमन अधिकृत रमादेवी पराजुलीले आचारसंहिताको पूर्ण पालनाकालागि जिल्लातहका सरोकारवालाहरुलाइ तदारुकताका साथ लाग्न आग्रह गर्नुभएको थियो ।









