१३ बुधबार, इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा आज बुधबार विभिन्न संचारमाध्यममा कार्यरक्त संचारर्मीहरुको उपस्थितीमा आमसञ्चार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो सम्पन्न कार्याक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरक्त सञ्चारकर्मीहरुले दोश्रो चरणमा मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य पदका निर्वाचनमा पत्रकारको सुरक्षा, मुख्य निर्वाचन अधिकृतको कार्यालयले संचारकर्मीहरुलाई निर्वाधरुपमा सूचना उपल्ब्ध गराउँनुपर्ने, निपक्ष समाचार सम्प्रेष्ण गर्नुपर्ने, मतदान केन्द्रहरुमा सूचना डेक्स राख्नुपर्ने र शान्तिपूर्ण वातारणमा निर्वाचन गराउँन माहौल तयार पार्न प्रत्रकारहरुले मुख्य भुमिका खेल्नुपर्ने लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काको अध्यक्षता तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीका प्रमुख पुरुषोतम ढकालको प्रमुख अतिथ्यमा कार्यक्रम समपन्न भएको हो । सो कार्याक्रमको बिशिष्ट अथितिहरुमा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापा मगर रहुनु भएको थियो भने अथितीहरुमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झा, सुनसरीका विभिन्न सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।









