१५ मंसिर, इनरुवा। सुनसरीको भोक्राहा गाउँपालिका ८ स्थित सोनियाहीटोल बस्ने आलम मंसुरीको गुवाली घरमा बिहीबार आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको छ।
राती पौने १० बजे घुर बाल्ने क्रममा अचानक आगलागी हुँदा टिनको छानो भएको २ वटा ग्वाली घर, चौपाया गोरु एउटा, २ वटा खशी र २ वटा बाख्रा जलेर नष्ट हुँदा उक्त मुलय बराबरको क्षति भएको पिडितले बताए। आगलागी प्रहरी, दमकल र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia