१६ मंसिर, दिपेन्द्र यादव इनरुवा। भोक्राहा गाउँपालीकामा आज बाम गठबन्धनले आयोजना गरेको पार्टी प्रवेश तथा घरदैलौ कार्याक्रममा विभिन्न पार्टी परित्याग गरी एक सय जना बढी नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
सुनसरी निर्वाचन क्षेत्र नं.४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश श्रेष्ठलाई सघाउन विभिन्न पार्टी परित्याग गरी एक सय बढी नेता तथा कार्यक्रर्ताहरु एमालेमा प्रवेश गरेको स्थानिय चन्दन यादवले जानकारी दिएको छ । यादवले दिएको जानकारी अनुसार राप्रपा प्रजातान्त्रिक वडा नं.७ को वडाध्यक्ष जगरुप मण्डल, नेपाली काग्रेँसका रामदियाल भगत, लक्षमण हलुवाई र संघिय समाजवादी फोरम नेपालका स्थानिय नेता भागवत यादव, गुगली यादव, राजिव मेहता लगायतका एक सय भन्दा बढी एमालेमा प्रवेश गरेको छ। एमालेका नवप्रवेशी नेता तथा कार्यक्रताहरु आज सुनसरीको नरसिंहमा सुनसरी क्षेत्र नं.४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश श्रेष्ठ सँग घरदैलो अभियानमा सकृय रहेका छन् ।








