हवाईयात्राका क्रममा नै आफ्ना सहकर्मीहरूसँग शारीरिक सम्बन्ध कायम राख्ने एयर होस्टेसको डायरी सार्वजनिक भएपछि उनी कानूनी लडाईंमा परेकी छन् । हल्यान्डकी ती विवाहित एयर होस्टेसका पतिले उक्त डायरी कम्प्युटरमा फेला पारेका थिए । डायरी पढेपछि पति रिसले आगो भएका थिए । डच एयरलाइन्स ट्रान्सएभियामा काम गर्ने उक्त एयर होस्टेसले डायरीमा सहकर्मीहरूसँग विमानमा सेक्स गरेको कुरा खुलस्त लेखेकी थिइन् । पतिले उक्त मामिला सञ्चारमाध्यमलाई सार्वजनिक गरिदिएका थिए । विमानमा मात्र नभई उक्त एयर होस्टेसले त होटेलहरूमा समेत लीला रच्ने गरेकी रहिछन् । अनि आफ्ना सबै हरकत एकदमै विस्तारपूर्वक उनले लेखेकी थिइन् । विमानसेवाका अधिकारीहरूले डायरी सार्वजनिक हुनबाट रोक लगाउन खोजेका थिए । अझ, उनीहरूले पतिका विरुद्ध नै मुद्दा हालिदिए । पत्नीको निजी सूचना तथा इमेल सार्वजनिक गरेकामा उनीहरूले पतिविरुद्ध मुद्दा हालेका थिए । यसरी एयर होस्टेसले हवाईयात्रामै सहकर्मीसँग यौनक्रीडा गर्दा विमानका यात्रुहरूको ज्यान खतरामा पर्न सक्थ्यो भनी सञ्चारमाध्यमहरूले विमान कम्पनीको निन्दा गरेका छन् । एजेन्सी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड–२०२४’ को उपाधि
एजेन्सी । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको ...
यात्रुलाई सुत्केरी गराउन जब पाइलटले ककपिट छाडे…
एजेन्सी । एक अन्तर्राष्ट्रिय उडानका पाइलनले विमान चलाइरहँदा ककपिट छाडेर एक यात्रुको बच्चा जन्माउन सघाएका छन्। यो घटना फे...
नवजात शिशुलाई १५ तला माथिबाट फ्याँक्ने दम्पतीलाई मृत्युदण्ड दिइयो
एजेन्सी । चीनको चोङकिङस्थित एउटा अपार्टमेन्टको १५ औं तलाबाट दुई नवजात शिशुलाई फ्याँकेको अभियोगमा दम्पतीलाई मृत्युदण्डको ...
अमेरिकाको अलाबामामा दुई पाठेघर भएकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी
एजेन्सी । दुई वटा पाठेघर भएकी अमेरिकाको अलाबामाकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । केल्सी ह्याचरले...
समलिङ्गी जोडीले स्पेनिसमा जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
एजेन्सी। स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म ...
यी हुन् संसारकै सबैभन्दा बढी जमिन भएका व्यक्ति, कति छ घर-जग्गा ?
एजेन्सी । के तपाईंलाई थाहा छ संसारको सबैभन्दा ठूलो जग्गाधनी को हो ? तिनीहरूसँग संसारभरि असंख्य जमिन, खेतहरू, जंगलहरू, आव...








