१८ मंसिर, इनरुवा। मंसिर २१ को निर्वाचनकालागि मतदान सामाग्री सहित कर्मचारीहरु कार्यक्षेत्रमा खटिएका छन् । मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाबाट मतदान सामाग्री बुझेर कर्मचारीहरु आजबाट तोकिएका कार्यक्षेत्रमा खटिंदै छन् । जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईका अनुसार आवश्यक सामाग्री सहित आज साँझसम्म सबै कर्मचारी तोकिएका निर्वाचन केन्द्रमा पुगिसक्ने छन् । सुनसरीमा मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनकालागि मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित सहायक कर्मचारी गरी ४ हजार २ सय १६ जना खटिंदै छन् । ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाचनकालागि सुनसरीमा १ सय ६६ वटा मतदान स्थल र ५ सय २७ मतदान केन्द्र तोकिएका छन् । सुनसरीमा प्रतिनिधि र प्रदेशसभा सदस्यको १२ पदकालागि १ सय ४६ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । मंसिर २१ गतेको निर्वाचनमा सुनसरीमा ४ लाख ७४ हजार ८ सय ३१ मतदाता सहभागि हुँदैछन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेसीआई इनरुवाद्वारा १.५ किलोमिटर मिनी म्याराथन आयोजना हुँदै
इनरुवा । जेसीआई इनरुवाको आयोजनामा स्थानीय धावकहरूलाई लक्षित गरी “जेसीआई इनरुवा १.५K मिनी म्याराथन” सञ्चालन ह...
पत्रकारमाथि राज्य आतंक र धरपकडविरुद्ध सुनसरीमा शान्तिपूर्ण धर्ना
इनरुवा, सुनसरी। पत्रकारमाथि राज्यले गरेको आतंक र धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीले आज जिल्ला प्रशासन कार्याल...
प्रधानमन्त्री शाह र मोदीबीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय बैठक ...
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं – प्रधानमन्त्री कार्यालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोद...
१५औं राष्ट्रिय कर सप्ताहको अवसरमा इनरुवामा प्रभातफेरी तथा करसम्बन्धी अन्तरक्रिया
१५औं राष्ट्रिय कर सप्ताह (मंसिर १ देखि ७ गतेसम्म) को अवसरमा उद्योग वाणिज्य संघ इनरुवाले आन्तरिक राजस्व कार्यालय, इटहरी, ...
प्रधानमन्त्री बालेन शाह आज भारत प्रस्थान, नयाँदिल्ली सजियो
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएका छन्। स्व...












