१८ मंसिर, इनरुवा। उपप्रधान मंत्री बिजयकुमार गच्छदारले बाम गठबन्धनका कारण मुलुकको समृद्धि खतरापूर्ण अवस्थामा पुगेको बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर २ ले इनरुवामा आयोजना गरेको आमसभामा बोल्दै मंत्री गच्छदारले मुलुकको समग्र हीतका लागि कांग्रेस बाहेकको विकल्प नरहेको बताउनुभएको हो । गच्छदारले बाम गठबन्धनले मुलुकलाई राजनैतिक धुर्विकरणमा पुर्याएकाले एकतन्त्रिय तानाशाहीबाट संविधान र लोकतन्त्रको रक्षाकालागि कांग्रेसको जित आवश्यक रहेको बताउनुभएको हो ।

सभालाई सुनसरी क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सीताराम मेहता, प्रदेश सभा सदस्य राजिब कोइराला लगायतले सम्बोधन गर्नुभएको थियो । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सीताराम मेहताले आफुले सोलिड रुपमा बाजी मार्ने बताउनुभएको छ ।
चुनावी सभालाई सम्बोधन गर्नेक्रममा मेहताले सुनसरी २ मा आफ्नो कोहीसँग प्रतिष्पर्धा नै नरहेको बताउनुभएको हो । वहाँले सुनसरी २ का मतदाताको पहिलो रोजाईमा आफु पर्ने दावी समेत गर्नुभयो । सम्बोधनका क्रममा सुनसरी २ का कांग्रेस उम्मेदवारहरुले पार्टीका पक्षमा उर्लदो जनलहरले नेपाली कांग्रेसको जित सुनिश्चित भएको दावी गरेका थिए । आज मध्यरातबाट मौन अवधी सुरु हुनेभएकाले नेपाली कांग्रेसले चारवटै निर्वाचन क्षेत्रमा दिनभरजसो चुनावी सभा गरेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia