२० मंसिर, सुनसरी। सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकही बजारमा गएराती मारुती कार अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते भएका छन्। गएराती २ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ च ३८१८ नम्बरको मारुती कार आँफै अनियन्त्रित भई सडकको दाहिँने साईडको सिमलको रुखमा ठोक्किएको थियो। दुर्घटनामा परी कार चालक काठमाण्डौ महानगरपालिका ६ जोरपाटी बस्ने ३५ बर्षिय देवराज पण्डित र सोही कारमा सवार जिल्ला झापा लखनपुर ८ बस्ने ४५ बर्षिय डम्बर बहादुर दमाई घाईते भएका हुन्। दुर्घटनामा घाईते दुबैको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको छ। दुबैको अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia