२० मंसिर, अमर काफ्ले इनरुवा। जिल्ला सुरक्षा समिति सुनसरीले जिल्लाका सबै मतदान स्थललाई संवेदनशील सूचिमा राखेर सोही अनुरुप सुरक्षाको बन्दोवस्ती मिलाएको छ ।  ५ सय २७ मतदान केन्द्र रहेको सुनसरीमा १ सय ६६ वटा मतदान स्थल निर्धारण गरिएका छन् ।

मंसिर २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र भयरहीत बनाउन सम्पूर्ण सुरक्षा संयन्त्र एकसाथ परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा नेपाल प्रहरी, शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेना गरी ६ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । सम्भावित सुरक्षा थ्रेटलाई मध्यनजर गर्दै आवश्यक्ता परे सुरक्षाकर्मीले हदै सम्मको कार्वाही गर्नेगरी सुरक्षाकर्मीलाई अधिकार प्रत्यायोजना गरिएको प्रजिअ पराजुलीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia