२० मंसिर, अमर काफ्ले इनरुवा। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउन सुनसरीमा ६ हजार ३ सय बढी जनशक्ति परिचालित भएका छन् । मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीका अनुसार मतदान अधिकृत,सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी गरी ४ हजार २ सय १६ जना कर्मचारी सम्वन्धित मतदान केन्द्रमा खटिएका छन् ।

त्यसैगरी प्रत्येक मतदान केन्द्रमा मतदाताको उपस्थिती हेरेर २ हजार बढीको संख्यामा स्वयंसेवकहरु परिचालित हुने कार्यालयले जनाएको छ ।
मूख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालका अनुसार चारवटै निर्वाचन क्षेत्रको निर्वाचन अनुगमनका लागि इटहरी, दुहवी र सदरमुकाम इनरुवामा रहनेगरी उपसचिव स्तरको जिल्लास्तरीय अनुगमन टोली खटिने छन् । भोली हुने निर्वाचनकालागि कर्मचारी व्यवस्थापन सहित सुरक्षा बन्दोवस्ती र आवश्यक सबै प्रकृया पुरा भैसकेको जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia