२० मंसिर, अमर काफ्ले इनरुवा। मंसिर २१ अर्थात भोली हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरीबाट ४ लाख ७४ हजार ८ सय ३१ मतदाता सहभागि हुँदैछन् । २ लाख ३७ हजार ८ सय ३६ महिला र २ लाख ३६ हजार ९ सय ९५ जना पुरुषले भोलि हुने निर्वाचनमा सुनसरीबाट मत खसाल्ने छन् ।
सुनसरीको निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख २२ हजार ६ सय ९१ जना मतदाता रहेका छन् । २७ वटा वडा समावेश रहेको सुनसरी क्षेत्र नम्वर १ मा प्रदेश सभा क तर्फ ६१ हजार ७ सय ५५ र ख तर्फ ६० हजार ९ सय ३६ मतदाता रहेका छन् । क्षेत्र नम्वर १ मा मतदान स्थल ४० र मतदान केन्द्र १ सय ३६ वटा तोकिएका छन् । सुनसरी क्षेत्र नम्वर २ मा १ लाख ३० हजार ७ सय ३३ जना मतदाता रहेका छन् । ३० वटा वडा समावेश रहेको सुनसरी २ मा मतदान स्थल ४० र मतदान केन्द्र १ सय ४१ वटा कायम गरिएका छन् । सुनसरी २ को प्रदेशसभा क तर्फ ६८ हजार ८ सय २० र प्रदेशसभा ख तर्फ ६१ हजार ९ सय १३ जना मतदाता रहेका छन् । त्यसैगरी सुनसरी क्षेत्र नम्वर ३ को कुल मतदाता संख्या १ लाख ९ हजार ९ सय १७ रहेको छ । प्रदेश सभा क तर्फ सुनसरी क्षेत्र नम्वर ३ मा ५३ हजार ५ सय १० मतदाता छन् भने प्रदेशसभा ख तर्फ ५६ हजार ४ सय ७ मतदाता रहेका छन् । क्षेत्र नम्वर ३ मा ३५ वटा वडा समावेश छन् भने निर्वाचनकालागि ४४ मतदान स्थल र १ सय २५ मतदान केन्द्र तोकिएका छन् । त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र नम्वर ४ मा १ लाख ११ हजार ४ सय ९० मतदाता रहेका छन् । प्रदेशसभा क तर्फ ५९ हजार ३ सय ५२ र प्रदेशसभा ख तर्फ ५२ हजार १ सय ३८ मतदाता छन् । ३२ वटा वडाहरु समावेश रहेको सुनसरी ४ मा ४२ मतदान स्थल र १ सय २५ मतदान केन्द्र रहेका छन् । सुनसरीमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तर्फ १२ पदकालागि १ सय ४६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।








