२१ मंसिर, इनरुवा । सुनसरीमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । केही मतदान केन्द्रहरुमा अझैपनि मतदाताहरुको निकै लामो लाइन रहेकाले ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरुका हकमा मतदान गर्न दिइने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

निर्वाचनको अवधीभर जिल्लामा कहीकतै कुनैपनि अप्रिय घटना नभएको सुनसरी प्रहरीले जनाएको छ । मतदानको क्रम सकिएसँगै मतपेटिका संकलनको क्रम थालिएको र ढुवानीकालागि सुरक्षाकर्मी सहित सवारीका साधन सम्वन्धित मतदान केन्द्रमा पुगिसकेको सुनसरी प्रशासनले जनाएको छ । मत पेटिका ढुवानीकालागि नेपाली सेना सहितको चारवटै सुरक्षा निकायलाई हाइअर्लटमा राखिएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia