२१ मंसिर, इनरुवा। जिल्ला सुरक्षा समिति सुनसरीले मत पेटिका ढुवानीकालागि कडा सुरक्षा बन्दोवस्ती मिलाएको जनाएको छ । मतदान सकिएका केन्द्रबाट सदरमुकाम इनरुवा स्थित रहेका गणना स्थल सम्म मट पेटिका नल्याइ पुर्याउनजेल सम्म मत पेटिकाको सुरक्षाकालागि नेपाली सेना सहितका सुरक्षा निकायका सबै निकायलाई दुरुस्त पारिएको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले बताउनुभयो ।
मतदान केन्द्रमा मत पेटिका संकलन गरी सम्वन्धित केन्द्रका निर्वाचन अधिकृत र दलगत प्रतिनीधि सहित सुरक्षाकर्मी बिचको समन्वयमा मत पेटिका ढुवानी गरिने प्रजिअ पराजुलीले जानकारी दिनुभयो ।

मतपत्र ढुवानीकालागि सुरक्षाकर्मी सहित सामाग्री ढुवानीकालागि प्रयोग गरिने सवारीका साधन सम्वन्धित केन्द्रमा पुगिसकेको प्रजिअ पराजुलीले बताउनुभयो । बाटोमा मत पेटिका ल्याउँदा सुरक्षा निकायले उच्च सर्तकता अपनाउने र शंकास्पद गतिविधी देखिए आवश्यक्ता अनुरुपको कार्वाही गर्ने गरी सुरक्षाकर्मीलाई अधिकार प्रत्यायोजन गरिएको प्रजिअ पराजुलीले जानकारी दिनुभयो । मतपत्र ढुवानीकालागि सुनसरीका चार वटै निर्वाचन क्षेत्रका ढुवानी सहजकर्ता तोकिएका छन् । क्षेत्र नम्वर १ मा आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख देवनारायण पौडेल, २ मा मालपोत प्रमुख लोकबहादुर भण्डारी, क्षेत्र नम्वर ३ कोलागि जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी र क्षेत्र नम्वर ४ कालागि जिल्ला भन्सार प्रमुख विष्णुप्रसाद पौडेललाई मतपेटिका ढुवानी सहजकर्ता तोकिएको जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia