२२ मंसिर, इनरुवा। सुनसरीमा २ बजेबाट मत गणना थालिएको छ । सर्वदलिय बैठकले दिउँसो १ बजेबाट मत गणना सुरु गर्ने सहमति गरेको भएपनि २ बजे पछिमात्रै गणना सुरु भएको हो । सुनसरीको क्षेत्र नम्वर १ र क्षेत्र नम्वर ४ को गणना मूख्य निर्वाचन अधिकृतको कायाृलय रहेको भगवती माविको भवनमा सुरु गरिएको छ ।त्यसैगरी क्षेत्र नम्वर २ र ३ को मत गणना जिल्ला समन्वय समिति सुनसरीको भवनमा थालिएको छ ।

सुनसरीमा प्रतिनिधि सभा सँगै प्रदेश सभा क तर्फको गणना थालिएको हो ।मतगणना सुरु भएसँगै गणना स्थल आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ । गणना स्थलमा दलका एकएक जना प्रतिनिधि बाहेक अन्यलाई प्रवेश दिइएको छैन् ।संचारकर्मी सहित पर्यवेक्षकको सवालमा समेत कडा चेकजाँच गर्ने गरिएको छ । दलगत समर्थक तथा कार्यकर्ताहरुलाई गणना स्थलभन्दा ५० मिटरको दुरीमा मात्रै भेला जम्मा हुन दिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia