प्रतिनिधि सभा तर्फ सुनसरी क्षेत्र नं ३ मा पुनः भगवती चाैधरीको १५५ मतले अग्रता रहेकाे छ । बाम गठबन्धनकी उम्मेद्वार भगवती चाैधरीकाे २९३२६ मत रहेकाे छ भने कांग्रेका उम्मेद्वार तथा उपप्रधानमन्त्री बिजया गच्छदारकाे २९१७१ मत रहेकाे छ ।
मत पत्रमा २० रूपैयाकाे नाेट र केही मतपत्रहरू पाेकाे पारेकाे भेटीए पछी मतगणना स्थगित भएकाे छ । मतगणना स्थलमा सञ्चारकर्मीहरू लाई फाेटाे तथा भिडियाे लिन पनि प्रतिबन्ध लगाइएकाे छ ।








