प्रतिनिधि सभा तर्फ सुनसरी क्षेत्र नं ३ को मतगणना केहि समय अगाडी देखि स्थगित भएको छ। बाम गठबन्धनकी उम्मेद्वार भगवती चाैधरीकाे २९३२६ मत रहेकाे छ भने कांग्रेका उम्मेद्वार तथा उपप्रधानमन्त्री बिजया गच्छदारकाे २९१७१ मत रहेकाे छ । भगवती चाैधरीको १५५ मतले अग्रता रहेकाे छ। मतगणना रोकिए लगतै मतगणना स्थलको बाहिर पट्टी भिड जम्मा भएको छ। भिडलाइ नियन्त्रित गर्न सुरक्षाकर्मीलाइ हम्मे हम्मे परेको छ।
भिडियोकालगि तल क्लिक गर्नुहोस








