इनरुवा। सुनसरी क्षेत्र नं ३ अन्तर्गत प्रतिनिधी सभा तर्फकाे मत गणना मंगलबार दिउसाे देखी पुन: सुचारू भएकाे छ । निर्वाचन अायाेगले तत्काल साे क्षेत्रकाे मत गणना सुरू गर्न अान्तरीम अादेश जारी गरेसंगै सुनसरी क्षेत्र नं ३ मा मत गणना सुरू भएकाे हाे । मत गन्ने क्रममा मत पेटीकामा अर्धकट्टी सहितको मतपत्र भेटिएपछि उत्पन्न बिवादका कारण हिजो देखी स्थगित भएकाे मत गणना पुन: आज सुरु भएको हो।
गणना सुरू नहुदै पुनः२ ओटा बाक्साको शिल नमिलेकाे भन्दै बिवाद उत्पन्न भएकाे थियाे । निर्वाचन अायाेगले दिएकाे निर्देशन अनुसार मत गणना अहिले फेरी सुचारू अवस्थामा छ । तर अायाेगले अाफ्नाे कुरा नसुनेर एकलाैटी निर्णय अनुसार मतगणना सुरू गरेकाे भन्दै एमालेकी उम्मेद्वार भगवती चाैधरील मतगणना क्षेत्रबाट बाहिरीएकी छिन ।
यता कांग्रेसका उमेदवार बिजय कुमार गच्छदारले अाफु हार्ने डरले भगवती ले मतगणना रोकेर कार्य प्रभावित पार्न खोजेको अाराेप लगाएका छन । हाल साे क्षेत्रमा मत गणना सुरू भएपनि एमालेका कार्यकर्ताहरूकाे उपस्थिति शुन्य रहेकाे छ ।









