२७ मंसिर, इनरुवा। स्थानीय स्तर देखी केन्द्र सम्मै चासाेका साथ हेरीएकाे सुनसरी क्षेत्र नं ३ अन्तर्गत प्रतिनिधी सभा तर्फकाे मतगणना राेचक बन्दै गएकाे छ । पछिल्लाे मत परिणाम अनुसार बाम गठबन्धनकी उम्मेद्वार भग्वती चाैधरीलार्इ पछि पार्दै लाेकतान्त्रीक गठबन्धन नेपाली कांग्रेसका उम्मेद्वार बिजय कुमार गच्छदार झिनाे मतान्तरले अघी देखिएका छन ।
निर्वाचन अधिकृतकाे कार्यालय सुनसरिले दिएकाे पछिल्लाे मत परिणाम अनुसार एमालेकी चाैधरीकाे ३५५६१ मत प्राप्त गर्दा कांग्रेसका गच्छदारले ३६०८० मत प्राप्त गर्दै अग्रता लिएकाछन । सुरूवाती समय देखी अग्रता लिदै अाएकी एमालेकी चाैधरी अहिले ५१९ मतले पछि परेकी छिन। सुनसरी क्षेत्र नं ३ मा कुल खसेको मत ८५१९७ हो। अहिले सम्म ७८३९१ मत गणना भै सकेको छ भने गणना गर्न बाकी मत ६८०६ हो।








