२७ मंसिर, इनरुवा । अन्नततः बिजयी गच्छदारले नेपाली कांग्रेसको साख: लाइ आफ्नो जीत संगै जोगाउन सफल भएका छन। मत गणनाकाे सुरुवाती समय देखि नै निकै राेचक बनेकाे सुनसरी क्षेत्र नं ३ काे प्रतिनिधी सभा तर्फ झिनाे मतान्तरले नेपाली कांग्रेसका उम्मेद्वार बिजय कुमार गच्छदारले बिजयी हासिल गरेका छन । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचन अन्तरगत सुनसरी क्षेत्र नं ३ मा बाम गठबन्धनकी उम्मेद्वार भग्वती चाैधरीलार्इ ३२१ मतकाे फरक पार्दै कांग्रेसका गच्छदारले बिजयी हासिल गरेका हुन । निर्वाचन अधिकृतकाे कार्यालय सुनसरीले दिएकाे अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार गच्छदारले ३ सय २१ मतले जित हात पारेका छन्। गचछदारले ३८ हजार ९ सय ७२ मत ल्याई बिजयी हुँदा प्रतिद्धन्द्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत पाइन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia