मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन विपरितलिङ्गी तर्फको आकर्षण तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुनेछ । प्रेम तथा विवाहको प्रस्ताव आउनसक्ने कुरालाई पनि नकार्नसकिन्न । व्यवसायिक उन्नति हुनगइ बैंकब्यालेन्स तथा कोष बढ्नेछ । आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । व्यापारिक यात्राको संयोग जुट्नसक्ने सम्भावना छ । आज यहाँलाई सात अङ्क, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने माँ बगलामुखी तथा सरस्वतीको स्तुति उपाशना गर्नु शुभकर हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक बलबृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउनसकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्र क्रियाशील हुन थप हिम्मत र साहस बढ्ने छ । आज तपाईँले कूलदेवताको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभकर हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन यद्यपि मान्छेहरुले अवमुल्याङ्कन गर्न खोज्नेछन् तर पनि बुद्धिविवेकको प्रयोग गर्न पाइने दिन छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने र प्रशंसा पनि मिल्नेछ । कला कुशलता बढ्ने र सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक लाभ गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको व्यवहारिक प्रयोग शुभ हुनेछ भने विद्यार्थी भाईबहिनी वा शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन कामकार्यमा विभिन्न अड्चनको सामना गर्नपर्ने ग्रहगोचर परेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु आइलाग्न सक्ने भएपनि अप्रत्यासित रुपमा व्यवसायिक लाभ एवं सफलता मिलनसक्ने छ । आफ्नै विचारमा संकोचको भावनाले दुख दिनसक्ने र नसो“चेको झमेला आइपर्नसक्ने कुरालाई भने नकार्न सकिन्न । बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । आज तपाईलाई माँ बगलामुखीको सेवा आराधना तथा चार अङ्क, सेतो रङ्गको प्रयोग फापकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन पुरुषार्थिलो रहनेछ । जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तेस्रोक्रम, प्राकृतिक हरियो रङ्गको उपयोग आज तपाईको लागि उपयुक्त रहनेछ भने कसैको दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ । आज तपाईँले माँ सरस्वतीको भक्तिस्तुति गर्नु ज्ञानप्रद हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु पर्नेछ ।  सामान्यतया व्यवसायिक कार्यलाई बढाउने दिन परेको छ । सञ्चित धनको आकस्मिक खर्चलाई भने नकार्न सकिन्न । परिवारमा नयाँ सदस्य वा नाता–कुटुम्ब अर्थात परदेशी कसैको आगमनले रौनक थप्नेछ । भने शुभसमाचार प्राप्त हुनाले वातावरण रमाइलो हुनेछ । परपाहुनाको सेवासत्कारमा व्यस्त रहन पर्ने पनिसम्भावना रहनेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको प्रयोगलाई प्रार्थमिकता दिनु लाभकर हुनेछ भने माँ बगलामुखीको उपाशना गर्नु  श्रेयस्कर हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन लाभ एवम् सफलता हासिल गर्नसकिने छ । व्यवसायिक लाभ एवम् भौतिक उपलब्धि हुनेछ । रोकिएर रहेका कार्य बनाउन सकिने छ । सम्मान मिल्ने तथा कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने नयाँ कार्यमा लगानीको अवसर मिल्नसक्ने देखिन्छ । सौगात मिल्नसक्ने ग्रहगोचरीय सम्भावना छ । आज यहाँलाई एक अंक एवं रातो रङ्गको उपयोग शुभ रहने छ भने कूलदेवता एवम् माँ बगलामुखीको भक्तिभाव र दर्शन स्तुति गर्नु शुभप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन आकस्मिक रुपमा खर्चका बहानाहरु बढ्ने र काममा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्ने मानसिक तयारीमा बस्नु उपयुक्त हुनेछ । प्रतिष्ठामा ह्रास भएको महसूस हुनसक्ने छ भने  शंका एवम् मानसिक भए पैदा हुनसक्नेछ । आत्मबल कायम राख्नु होला । दीर्घ रोगीले स्वास्थ्यमा पनि ख्याल पुर्याउनु पर्ला । मान्यजनलाई भेट्घाट गर्ने, परोपकार आदि पूण्यकर काममा खर्च गर्ने आदि गरेर व्ययप्रद ग्रहयोगको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । आज तपाईले माँ बगलामुखीको भक्ति उपाशना गर्नु विशेष हितकर हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन विभिन्न खालको अबरोधको बाबजुत पनि कार्यक्षेत्रबाट आर्थिक लाभ गर्न सकिने गोचर परेको छ । अध्यनअध्यापन एवं लेखनजन्य कार्यमा पनि प्रगति हुने छ भने गृहस्थीहरुलाई सन्तानको पक्षबाट सन्तोषपूर्ण भूमिका निर्वाह हुनेछ । दिनको सदुपयोग गरी अधुरा रहेका कामहरुलाई पूरा गर्न आफ्नो कामलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने अबरोध निवारणको लागि भैरवदेवको दर्शन, भक्ति तथा स्तुति गर्नु शुभकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन राम्रो खालको अवसर प्राप्त हुने भएकोले त्यसको सदुपयोग लागि आत्मबल बढाउन पर्ने देखिएको छ । मानसम्मान बढ्ने तथा पदप्रतिष्ठा प्राप्ति हुनसक्ने ग्रहगोचर परेकोले राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी बढ्नसक्ने छ । व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ भने उच्चपदस्थ व्यक्तित्त्वसँग संपर्क विस्तार हुन जाने सम्भावना पनि छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने आत्मबल बढाउन महावीर हनुमानको श्रद्धाभक्ति अनुसरण गर्नु बुद्धिमानी हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन भलै बढी अपेक्षा गरेको कार्यनै बनिहाल्न केही अफ्ठ्यारो देखिएको छ रपनि आंशिक लाभ हुनेछ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने तथा धर्मकर्ममा मन जानाले धार्मिक कार्य सम्पादन हुनसक्ने देखिन्छ । जसले गर्दा मानसिक शान्ति मिल्नेछ साथै व्यवसायमा पनि मन एकतृत हुने तथा लक्ष्मी कृपा हुनेछ । आज अन्य भौतिक उन्नति गर्न पनि सक्नुहुने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले साथ दिइरहेको छ । नौ अंक पहेलो रंग र गुरुजनको मार्गदर्शन ग्रहण गर्नु फापकर हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन साविकभन्दा केही बढी संघर्ष गर्नपर्ने छ । स्वास्थ्यमा समस्या आउनसक्ने ग्रहगोचर रहेकोले आहारविहारमा बढी ध्यान दिनु उचित हुनेछ । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्ने हुनसक्छ, जसको लागि सकारात्मक सोँचको विकास गर्नु तथा धैर्य र संयमको अभ्यास गर्नु बुद्धिमानी हुनेछ । उपर्युक्त केही प्रतिकूलताको बाबजुत आकस्मिक लाभ हुने र गर्जो टर्नेछ । सावधानि पूर्वक गरिने कार्यबाट सन्तोष मिल्नेछ । आज तपाईँलाई आठ अंक, रातो रङ्गको प्रयोग शुभ रहनेछ भने दीनदुःखी तथा रोगीको सेवा गर्नु फापकर हुनेछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia