२९ मंसिर, अजितकुमार झा  इनरुवा। सुनसरीको हरिनगरा गाउपालिका १ रामनगरभुटहामा बिहिबार साझ अगालागी हुदा दुइ लाख पच्चास हजारको क्षति भएको छ । स्थानीय जियाहुदिन मियाँ र सरद अंसारीको घरमा आगलागी हुदा सो मुल्य बरावरको क्षति भएको हो । जियाहुदीनको घरबाट खाना पकाउने क्रममा सल्केको आगो उहाँको घर एक तल्ले घर र नजिकै रहेको सरदा अंसारीको एक तल्ले घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जियाहुदीन र सरदको घरमा आगलागी भएपछि घरमा रहेको अन्नपात लत्ताकपडा, फर्निचरका सामग्री लगायतका समान पूर्ण रुपले जलेर नष्ट हुदा सो मुल्य बरावरको क्षति भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो । आगलागीलाई इनरुवा नगरपालिकाबाट गएको बारुण यन्त्रण, प्रहरी र स्थानीयवासीहरुले नियन्त्रणमा लिएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia