
इनरुवा मंसिर १ /प्रदेश नम्वर १ को मूख्य मंत्री को हुने भन्ने चासो र चर्चा बढिरहँदा नेकपा एमालेका केन्द्रिय पार्टी सचिव भीम आचार्यले आफ्नो समेत दाबेदारी कायमै रहेको बताए । मूख्य मंत्रीकालागि शेरधन राईको निकै चर्चा भैरहेको छ । यद्यपी आफु समेत सम्भावित मूख्य मंत्रीको दौडमै रहेको आचार्यको भनाई थियो । शान्तिदीप नेपालले इनरुवामा आयोजना गरेको एक कार्यक्रमकाबीच एमाले नेता आचार्यले जनताको अभिमतसँगै पार्टीको निर्णयले मूख्य मंत्रीको अन्तिम छिनोफानो गर्ने धारणा राखेका हुन् । आचार्यले मुलुकले राजनैतिक मुद्धा पार गरेको भन्दै आर्थिक समृद्धि र समुन्नतीकालागि एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।








