१ पौष, इनरुवा। शान्तिदीप नेपाल इनरुवा सुनसरीले वृद्धवृद्धाकालागि जाडोको न्यायो कपडा वितरण गरेको छ । जाडो बढेसँगै कष्टकर बन्दै गएको जनजीवनलाई मध्यनजर गर्दै असहाय,अशक्त,विपन्न, निम्न वर्गिय समूदाय सहित जेष्ठ नागरिकहरुलाई शान्तिदीपले कम्बल सहितका सामाग्री वितरण गरेको हो । आज विहान इनरुवामा आयोजित एक औपचारिक कार्यक्रमकाबिच प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय पार्टी सचिव भीम आचार्यले कम्बल वितरण गरेका हुन् ।


कार्यक्रममा इनरुवा ३ का वडाध्यक्ष कालुराम गुरुङ सहितका एमाले नेताहरुका साथै यूएनडीपीका राजेन्द्र सुब्बा र शान्तिदीपका अध्यक्ष सुवास राई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा यूएनडीपीको सहयोगमा शान्तिदीप नेपाल इनरुवाले १ सय बढी विपन्न,असहाय र जेष्ठ नागरिककालागि कम्बल बितरण गरेको शान्तिदीपका सचिव सुनिल चौलागाईले बताए । चौलागाईले स्थानीय तहमा फोहोर व्यवस्थापन सँगै हरित नगरी लक्षितका प्रयास समेत थालिएको जानकारी दिए । सचिव चौलागाईले सामाजिक उत्तरदायित्व वहन गर्ने सवालमा शान्तिदीप निरन्तर लागिपर्ने बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia