२ पौष, मिकाइल आलम इनरुवा। बालबालिका भित्र लुकेको प्रतिभा प्रस्फुटन गर्न सुनसरीको साविक बबिया गाविसमा बिद्यालयस्तरीय नाचगान प्रतियोगिता सम्पन्न भएको छ । नेप्लिज स्टुडेन्टस क्लब सुनसरीको आयोजना तथा अलबिना प्रवीणको अध्यक्षता शनिबार इनरुवा नगरपालिका वडा नम्बर ९ स्थित बबियामा रहेको सरस्वती माविको प्राङ्गणमा सो प्रतियोगिता सम्पन्न भएको हो ।
बालबालिका भित्र लुकेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजित सो नाचगान प्रतियोगितामा इनरुवा क्षेत्रका विभिन्न पाचवटा बिद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियोे । सो अवसरमा १४ जनाले नृत्य प्रस्तुत गर्दै आफूभित्र लुकेको प्रतिभा देखाउने प्रयास गरेभने १४ जनाअन्य बिद्यालयस्तरीय बालबालिकाले गायन मार्फत दर्शक लोभ्याउने प्रयास गरेका थिए । प्रतियोगितामा नाचगान मार्फत उत्कृष्ट हुनेहरूलाई इनरुवा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षक बसरुद्दिन मन्सुरी,प्राध्यापक तथा साहित्यकार रमेन्द्रमुनि कोइराला लगायतकाले पुरस्कार वितरण गरेका थिए । पढाईका साथै सानैदेखि समाजिक कार्यमा सक्रिय संस्थाकी अध्यक्ष समेत रहेकी अलबिनाले पछिल्लो केहि समययता बबिया क्षेत्रका गरिब तथा बालबालिकाको पक्षमा काम गर्दै आएकी छिन् ।









