२ पौष, दिपेन्द्र यादव  इनरुवा। सुनसरी सहित तराईका जिल्लामा दुई दिनयता बाक्लो हुस्सु तथा शीतलहर चलेका कारण जनजीवन प्रभावित बन्न थालेको छ। भोक्राहाका मुसहर समुदाय वर्षायाममा बाढीले घरबारविहीन भएकाहरु अहिले शीतलहरको चपेटामा परेकाछन। चिसोबाट बच्न स्थानीयले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन्। दलित बस्तीहरूमा ओढ्ने–ओछ्याउने नहुँदा धेरै स्थानीय चिसोबाट प्रभावित बन्दै आएको मुसहर समुदायका अगुवा नथुनी माझी मुसहरले बताए ।

 

मंसिर महिना सकिए लगतै सुनसरी सहित तराईका जिल्लाहरुमा दुई दिन यता अत्याधिक चिसो बढेको छ । चिसो बढेसँगै अस्पताल तथा स्वास्थ्य संस्थामा चिसोका बिरामीहरु उपचार गर्न आउनेको संख्या बढेको जिल्ला अस्पताल सुनसरीका सिनियर अहेब तारणी प्रसाद यादवले जानकारी दिनुभयो । केही दिनयता चिसोका कारण अस्पतालमा बिरामीको संख्या बढ्नुका साथै दैनिक ज्याला मजदुरी गरी काम गर्नेहरुको जनजिवन समेत प्रभावित बनेको छ । झापा, सुनसरी, मोरगं, सप्तरी,उदयपुर सिराहा लगायतका जिल्लामा दुई दिनयता ह्वातै चिसो बढेको छ ।

 

बाक्लो हुस्सुका कारण बिहान पूर्व–पश्चिम राजमार्गमा सवारी साधनसमेत कम चलेका छन्। सुनसरीका मुख्य बजारहरू धरान, इटहरी, दुहवी, भाण्टाबारी, हरिनगरा तथा सदरमुकाम इनरुवामा सर्वसाधरणहरुको चहलपहल समेत कम भएको छ । बाक्लो हुस्सुका कारण राजमार्गमा दुर्घटनाको सम्भावना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई सचेत गराउन थालेको छ । राति र बिहान राजमार्गमा बाक्लो हुस्सु लाग्ने हुँदा चालकलाई सावधानी अपनाउन सुझाव दिँदै आएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।चिसोबाट बच्नका लागि न्यानो लुगा लगाउन, पानी तताएर पिउन जिल्ला अस्पताल सुनसरीका प्रमुख मुकुन्द राज गौतमले आग्रह गर्नु भएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia