५ पौष, अमर काफ्ले इनरुवा । सामाजिक सञ्जालमा मूख्य मंत्री बारेमा बढ्दो टिका टिप्पणी प्रति नेकपा एमालेले सचिव भीम आचार्यले आपत्ति जनाउनु भएको छ । मूख्य मंत्रीको छिनोफानो पार्टी केन्द्रिय कार्यालयले गर्ने भएकाले सामाजिक सञ्जालहरुमा पक्ष विपक्षमा भैरहेका टिका टिप्पणी नगर्न आचार्यले आग्रह गर्नुभएको हो ।
इनरुवा अनलाइनका सम्वाददाता अमर काफ्लेसँगको कुराकानीमा आचार्यले त्यस्तो बताउनुभएको हो । वहाँले सामाजिक सञ्जाल र अनलाइनहरुमा भैरहेका टिका टिप्पणी तत्काल बन्द गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । नेकपा एमालेका केन्द्रिय पार्टी सचिव रहनु भएका आचार्यले नेता तथा कार्यकर्ताबिच मनमुटावको अवस्था सीर्जना हुनेगरी कुनैपनि गतिविधि तथा प्रचारबाजी नगर्न कार्यकर्तालाई निर्देशन दिनु भएको हो । वहाँले कार्यकर्तालाई हल्लाको पछि नलाग्न समेत आग्रह गर्नुभयो । मूख्य मंत्रीको दाबेदारी जो कसैको भएपनि पार्टीको आधिकारिक निर्णय मान्य हुनेभएकाले आफुखुशी प्रचारबाजी बन्द गर्न आचार्यको आग्रह थियो । सामाजिक सञ्जालको प्रयोग गरी पार्टीभित्रकै नेता कार्यकर्ताहरुले विषय प्रशंगलाई बङ्ग्याउने प्रयास गरिरहेको प्रति आचार्यले खेद व्यक्त गर्नुभयो ।









