६ पौष, इनरुवा। सुनसरीका सरोकारवालाहरुले लैङ्गिक मैत्री नीति पूर्णत कार्यान्वयनको खाँचो औल्याएका छन् । इनरुवामा बसेको सरोकारवालाहरुको भेलाले जेण्डर नीतिको प्रभावकारीतामाथि ठोस पहलकदमी अपुग रहेको धारणा राखेका हुन् । ओरेक नेपाल सुनसरीले आयोजना गरेको छलफलमा सहभागि अधिकार क्षेत्रका सरोकारवालाहरुले संस्थागत रुपमा ठोस नीति र कार्यान्वयन पक्षको खाँचो प्रस्ट्याएका हुन् । कार्यक्रममा सहभागिहरुले सवै तहमा समान अवसर र समान अधिकारको प्रत्याभुत गराउदै हरेक तह र तप्कामा पहिचान सहितको लैङ्गिक समानताको संस्कारलाई सुरक्षित गरिनु पर्ने धारणा राखेका थिए । कार्यक्रममा बोल्दै ओरेक नेपालकी सावित्रा भट्टराईले लैगिक समानतामा आधारित नीति लागु हुन नसकेको बताइन् । कार्यक्रममा सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी, महिला तथा बालबालिका कार्यालयकी अधिकृत शुसिला कार्की, प्रहरी नीरिक्षक शेषराज थन्दार लगायत  महिला मानवअधिकार रक्षक र अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia