७ पौष, इनरुवा। कोशीटप्पु वन्यजन्तु आरक्ष सञ्चारविहीन बनेको छ। सुगम र सुलभ मानिएको सुनसरी जिल्ला सञ्चारको राम्रो पहुँच भएको जिल्लाको महत्वपूर्ण स्थानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको कोशीटप्पु वन्यजन्तु आरक्ष सञ्चार सम्पर्कविहीन छ ।

आरक्ष प्रशासनका अनुसार विगत नौ वर्षदेखि सञ्चारको पहुँच बाहिर रहेको कोशीटप्पु वन्यजन्तु आरक्षले भोग्दै आएको जटिल समस्याका विषयमा सम्बन्धित सरोकारवाला निकायमा निवेदन गर्दासमेत त्यहाँ एउटा नेपाल टेलिकमको टावर बन्न नसक्दा आरक्षले सञ्चार अभावको पीडा व्यहोर्नु परेको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले विराटनगरस्थित नेपाल टेलिकमको क्षेत्रीय कार्यालयले २०६६ साल भदौ २ गते सप्तकोशी नदीले आफ्नो बाटो बदल्दै साबिक पश्चिम कुशाहा–४ बाट पूर्वी तटबन्ध भत्काएर आरक्षको मुख्य कार्यालयसमेत डुबानमा पर्दा त्यहाँ सञ्चार सम्पर्क विच्छेद भएको थियो ।

विश्व रामसार सूचीमा पहिलो पटक सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्रका रुपमा सुनसरी सप्तरी र उदयपुर जिल्लाका बीचमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षप्रति राज्यको ध्यान नपुगेकै कारण बाढीले बगाएर लगेको नेपाल टेलिकमको टावर मर्मत हुन नसक्दा समस्या भएको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत साहले टेलिफोन, मोबाइल, इमेल, इन्टरनेट प्रयोगका लागि आरक्षदेखि बाहिर जानुपर्ने र सम्बन्धित निकायमा तत्काल सञ्चार सम्पर्क गर्न कठिनाई व्यहोर्नु पर्दा समेत माथिल्लो निकायको ध्यान नगएकै कारणले दुःख पाउनु परेकोे गुनासो गर्नुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia