९ पौष, दिपेन्द्र यादव इनरुवा । सुनसरी सहित मुलुकमा दुई दशकदेखि जनप्रतिनिधिविहीन भएका स्थानीय तहले नयाँ नेतृत्व पाएका झन्डै ६ महिना वितेको छ  । विगतमा जनप्रतिनिधि नभएकै कारण विकास रोकिएको चर्चा रहदैँ आएको थियो। तर अहिले नयाँ जनप्रतिनिधि आएको झन्डै ६ महिना वितिसक्दा पनि अहिले सम्म सुनसरीका स्थानिय तहका जनप्रतिनिधिहरुले विकासे कामहरुलाई पुरानै प्रवृत्ति अनुसार कछुवाको गतिमा गर्दैछन् ।

स्थानीय तहले सोचेजस्तो काम नगर्दा सुनसरीका अधिकांश गाउँपालिका तथा नगरपालिका र उपमहानगरपालिकाहरुमा खासैँ काम अगाडी बढेको देखिदैन्। यता इनरुवा नगरपालिकामा बाटो निर्माणका काम धमाधम अगाडी बढेपनि अरु काम कछुवाको गतिमा चलिरहेको इनरुवा १० का स्थानिय सुधिर मेहताले बताएका छन् । भने भोक्राहा, हरिनगरा, देवानगञ्ज, बर्जु, गढी र कोशी, गाउँपालिकामा पनि खासै नयाँ कामको थाल्नी नभएको स्थानियहरुको भनाई रहेको छ । भोक्राहाका स्थानिय गुरुदेव यादवको भनाइ अनुसार भोक्राहामा अहिले सम्म कुनै पनि विकास सम्बन्धि कामको सुरुवात नभएको वहाँको भनाई रहेको छ । भने भोक्राहा गाउँपलिकाका अध्यक्ष महेन्द्र यादव भएपनि सोही गाउँपलिकामा कार्यरत प्रशाशकिय अधिकृत शशि राई जनप्रतिनिधिहरुलाई बेवास्ता गरेका कारण बिकासे काममा बाधा अवरोध हुने गरेको भोक्राहाका अर्का स्थानिय विरेन्द्र यादवले आरोप लगाएका छन् ।

त्यस्तै यता भोक्राहा गाउँपालिका वार्ड नं. ६ का मुसहरी बास्तिका स्थानिय बासिन्दाहरुले पहिलेभन्दा फरक अनुभव गर्न नपाएको बताएका छन्। मुसहर समुदायका झल्लु मुसहर भन्छन ‘भोक्राहामा ‘भौतिक पूर्वाधार लगायतको विकासमा केही प्रगति भएको छैन,’ त्यस्तै भाक्राहा वार्ड नं. ५ का शिवलाल मेहता र भक्कु राम भन्छन् ‘अहिले गाउँपालिकामा ‘काम गर्ने तरिका अझ झन्झटिलो हुदै गएको छ।’ प्रशासनिक काममा भने केही राहत मिलेको उनीहरु दुई जनाको भनाइ उस्तै रहेको छ। राम थप्पछन् ‘अहिले जाडो बढेको छ, हाम्रा बालबालिका जाडोका कारण स्कुल जान मानेको छैन, भोक्राहा गाउँपालिकाले अहिले सम्म जाडो बाट बाँच्न काठ दाउँरा पनि उपल्ब्ध गराइदिएको छैन। त्यस्तै सुनसरीका हरिनगरा, देवानगञ्ज, बर्जु, गढी र कोशी, गाउँपालिका तथा इनरुवा, बराहा, रामधुनी र दुहवी नगरपालिका, उपमहानगरपलिका र गाउँपालिका लगायतका सुनसरीका १२ वटै स्थानिय तहको आवस्थामा खासै परिवर्तन आएको छैन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia