११ पौष, मिकाइल आलम इनरुवा। सुनसरीको भाणटावारी बाट मंसिर २१ गते देखि सम्पर्क बिहिन छोरा खोजिदिन एक दम्पतीले सबैलाई आग्रह गरेका छन् । मंगलवार छोरा बेपत्ता भएको बारे स्थानीय संचारकर्मी लाई जानकारी गराउदै केरा ब्यापार गरेर जीविकोपार्जन गर्दै आएका भाणटावारीका रसुल मियाले सो आग्रह गरेका हुन । घरमा सामान्य विषयमा विवाद हुँदा आफ्नो १६ वर्षका छोरा मोहम्मद सदरुल बेपत्ता भएको मियाले संचारकर्मी लाई बताए । हराइरहेका छोरा देख्नेबित्तिकै नजिकैको प्रहरी चौकी वा ९८१६३३७७१९ मा जानकारी गराउन उनले सबैमा आग्रह गरेका छन् । मियाले छोराको बारेमा सूचना दिने लाई उचित पुरस्कार दिने समेत बताए । सुनसरी भाणटावारी बजारमा विगत २० वर्ष देखि केरा व्यापार गरेर परिवारको गुजारा गर्दै आएका रसुलको हराइरहेका मोहम्मद सदरुल एकमात्र छोरा हुन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia