११ पौष, इनरुवा। इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता उपर एमालेबाट निर्वाचित वडाध्यक्षहरुले आफुखुशी निर्णय लादेको आरोप लगाएका छन् । संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै एमालेबाट इनरुवाका ६ वटा वडामा निर्वाचित भएका जनप्रतिनिधिहरुले बिकासका नाममा नगरप्रमुखले पक्षपात र मनोमानी गर्ने गरेको आरोप लगाएका हुन् ।

वडाध्यक्षहरु कालुराम गुरुङ, श्यामदेव मेहता, अञ्जनी पोखरेल, कोषराज अधिकारी, बसिर मिया, सुल्तान मिया र कार्यपालिका सदस्य कैलाश पंचारियाले विज्ञप्ती जारी गर्दै नगरप्रमुखको कार्यशैली प्रति असन्तुष्टि जाहेर गरेका हुन् । विज्ञप्तीमा सहमतिय प्रणालीलाई मिचेर नगरप्रमुखले दलिय संयन्त्रका नाममा असन्तुलित ढङगले योजनाहरु छनौट गरी ठेक्का लगाई काम थालेको उल्लेख छ । एमालेका वडाध्यक्षहरुले परिधि मिचेर दलिय पहुँच र आपसी स्वार्थका आधारमा सडकको मापदण्ड कायम गर्ने र सार्वजनिक जग्गा अतिक्रमण गरी नीजि जग्गा तथा संरचना जोगाउन काम भएको प्रति खेद व्यक्त गरेका छन् । उता नगरप्रमुख मेहताले आफुले कानुन मिचेर कुनै काम नगरेको स्पष्ट पारेका छन् । दलिय सहमति सहित स्थानीयको राय सुझावका आधारमा नियम संगत प्रकृया अघि बढेको मेहताको भनाई छ । नगर प्रमुख मेहताले बिकास विरोधी तत्वले आफुलाई बदनाम गर्न लागि परेको प्रतिकृया जनाए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia