१३ पौष, मिकाइल आलम इनरुवा। पहिलोपटक संघीय संरचना बाट जनताले प्रतिनिधि चुनिसकेका छन् । मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन मार्फत आफ्ना प्रतिनिधि छानेपछि देशमा विकास र सुशासन कायम हुनेमा सुनसरीका मतदाताहरु आशावादी देखिएका छन् ।

मंसिर १० गते दोस्रो चरणमा सम्पन्न निर्वाचनमा उत्साहित भएर प्रतिनिधि छनोट गरेका यहाँका मतदाताहरुले अब राजनीतिक अस्थिरता अन्त्य भई देशमा विकास र समृद्धिको नयाँ युग सुरु हुनेमा आशावादी देखिन्छन् । देशमा राजनीतिक स्थिरता नहुदा वर्षोदेखि विकासको काममा अवरोध सृजना हुँदै आएकोले अब त्यस्तो नहुनेमा इनरुवाका रन्जित मेहताको बुझाई छ । मेहताले राजनीतिक अस्थिरताले देशमा दिनानुदिन बढ्दो क्रममा रहेको बेरोजगारी र भ्रष्टाचार अब बन्ने नयाँ स्थिर सरकारले कम हुनेमा उनी आशावादी देखिए ।

देशमा प्रजातन्त्र आएको वर्षो बितिसक्दा समेत सो को अनुभुती गर्न नसकिएको बताउदै उनले अब पनि आफूहरू जस्तो पढेलेखेका युवाहरूलाई सर्टिफिकेर्ट लिएर घरमै बस्ने परिपाटी अन्त्य हुनुपर्नेमा उनले जोड दिए । नयाँ संरचना बाट चुनेको नयाँ प्रतिनिधिले शान्ति, सुशासन कायम गरी देशमा विकास र समृद्धिको युग सुरु हुने आशावादी देखिनेमा मेहता एउटा प्रतिनिधि पात्र हुन । चारैतिर भ्रष्टाचार बढेको छ,पैसा नलिई काम हुदैनन् यहाँ सुनसरी कोशी गाउँपालीकाका अब्दुल मन्सुरी भन्छन् अब यस्तो परिपाटीको अन्त्य हुनुपर्छ । जुनै कामको सिफारिस लिन वा कामको लागि जादा पनि पैसा नलिई गर्दै गर्दैनन् मन्सुरीले भने हामी जस्तो दैनिक ज्यालादारी गर्नेले कहाँ बाट दिने पैसा ? सुनसरीको भाणटावारी चौकमा केरा बेचेर जीविकोपार्जन गर्दै आएका मन्सुरीले सरकारले भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिन्छन् । राजनीतिक अस्थिरताले देशमा बन्द हडताल जस्ता क्रियाकलापले हामी जस्ता विद्यार्थीले पढ्न नपाएको कोशी मावि हरिपुरमा अध्ययनरत चन्दु कामैत बताउछन् । अहिले कक्षा १० मा अध्ययनरत कामैतले अब भने बन्द हडताल लाई सधैंका लागि बन्द गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia