अमर काफ्ले इनरुवा । चाहे घरायसी होस या अन्य कुनै प्रवृतिका मुद्धा मामिला । कानुनी अड्चन होस या दलिय खिचातानी । समुदायमा गठित सामाजिक मेलमिलाप केन्द्रको निर्णय सबैकालागि मान्य बन्दै गएको छ । सामाजिक सद्भाव प्रवद्धनको उद्येश्यसाथ स्थानीय तहमा गठित सामाजिक सद्भाव तथा सुरक्षा केन्दमा बढ्दो उजुरीका निवेदनले समेत सर्वसाधारणमा केन्द्रप्रतिको चासो र विश्वास बढेको हो ।

सद्भाव समितिको सकृयतासँगै स्थानीय तहमै मुद्धा मामिलाको छिनोफानो हुन थालेपछि इनरुवा ७ चाँदबेला सहित गढी गाउँपालिकाका वासिन्दाकालागि सद्भाव समित आपतविपद्मा पहिलो रोजाईमा पर्न थालेको छ । प्रहरी र अदालत समक्ष धाउँदा मुद्धा किनारा लाग्न लामो समय लाग्ने र विविध कानुनी अठचनसँदै लम्बिने प्रकृयालाई सद्भाव समितिको पहलमा क्षणभरमै पक्षविपक्षमा छलफल गरी सद्भावपूर्ण मेलमिलाप हुने गरेकाले समेत केन्द्रप्रतिका विश्वासमा स्थानीयमा बढेको सामाजिक सद्भाव तथा सुरक्षा केन्द्र गढीका संयोजक लक्ष्मीनारायण चौधरी बताउँछन् ।


चौधरीका अनुसार कानुनी अड्चनमा उल्झेका मुद्धा मामिला देखि घरायसी झैझैगडा, बालबिवाह, लैगिंक हिंसा, लागुऔषध दुर्व्यवसनी जस्ता घटना स्थानीय तवरमा मेलमिलाप केन्द्र मार्फत छिनोफानो हुने गरेको छ । केन्द्रले जटिल प्रकृतिका समेत गरी २ सय बढी मुद्धामामिला समूह मार्फत मिलाएको उनले बताए । विशेषगरी समाजमा हुने आपसी  झै-झगडा, जातिय सामाजिक द्धन्द्ध, छिमेकीबिचको झगडा मिलाउँदै सद्भाव जोड्न सफल बनेको चौधरी बताउँछन् । यूएनडीपीको सहयोगमा संकल्प सिबिआर नेपाल सुनसरीले थालेको सामाजिक सद्भाव कार्यक्रमको थप प्रभावकारीताकालागि सरोकारवालाहरुले थप भूमिका निर्वाह गर्नुपर्ने स्थानीयहरुको भनाई छ । स्थानीय समूदायको मन जित्न सफल बन्दै गएको मेलमिलाप केन्द्रले आपसी भाइचारा र सद्भावमैत्री अवस्था सिर्जना गराएको चाँदबेलाका श्रीनारायण सिंहले बताए ।

संकल्प सिबिआरले संचालनमा ल्याएको मेलमिलाप केन्द्रमात्रै नभएर महिला शशक्तिकरण र आर्थिक उन्नतीको प्रयासलाई समेत रुचाइएको छ । विपन्न, दलित गरिव समूदायका महिलाहरुलाई समूहमा आवद्ध गराई आत्मनिर्भर बनाउन संस्थाले विभिन्न रोजगारीमूलक तालिम तथा च्याउ खेती कार्यक्रम संचालन गर्दै आएको छ । नमूना महिला कृषक समूहकी सचिव शर्मिला चौधरी समूहमा आवद्ध भई थालिएको सामूहिक कार्यले सोचेभन्दा बढी प्रतिफल दिन थालेको बताउँछिन् । च्याउ बेचर आएको रकम बाँडफाँड गरी परिवारका गर्जौ टार्न थालेको चौधरीले बताइन् ।


संकल्प सिबिआरका कार्यक्रम संयोजक नगेन्द्र चौधरीले सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता नामक परियोजनाले जातिय तथा धार्मिक सहिष्णुता कायम गराउनुकासाथै सांस्कृतिक पक्षलाई मजबुत तुल्याई आपसी भाइचारा र सद्भावको अवस्थालाई मजबुत बनाएको र प्राप्त सल्लाह सुझावले कार्यक्रमको निरन्तरताकालागि हौसला प्रदान गरेको बताए । संस्थाका अध्यक्ष लखनलाल साहले कार्यक्रम लागु रहेका क्षेत्रबाट सकारात्मक सुझावहरु प्राप्त भैरहेकाले कार्यक्रमको निरन्तरता सहित थप प्रभावकारीताकालागि कटिबद्ध रहेको बताए । संस्थाले कार्यक्रमको प्रभावकारीता सहित पारदर्शिता र जवाफदेहितालाई आत्मसाथ गरी अघि बढेकाले समेत सबैको विश्वास बढ्दै गएको साहले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia