इनरुवा पुष १३ गते /समग्र नगर बिकास केन्द्रित चालिएका योजनाहरुको विषयलाई लिएर स्थानीय तहमा भैरहेका दुस्प्रचार र टिकाटिप्पणी प्रति नगर प्रमुख राजन मेहताले खेद व्यक्त गरेका छन् । वर्षौ पछि परेको नगर स्तरउन्नतीको क्रममा रहेका बेला बिकासका नाममा बखेडा झिकेर दुस्प्रचार र अनाहक गतिविधी गर्न खोज्नु समग्र नगर र नगरवासीको हीत बिपरित रहेको मेहताको ठहर छ ।

इनरुवा नगरपालिका प्रमुख मेहताले स्पार्ट सिटी योजना अन्र्तगत नगरभित्र संचालनमा रहेका योजना उपर केही तत्वले धावा बोल्ने काम गरिरहेको आरोप लगाए । मेहताले बिकासका नाममा राजनीति हुन नदिने भन्दै वास्तविकता जनताका सामू रहेकाले स्वार्थपूर्ण राजनीतिमा जुटेकाहरुको छिट्टै पर्दाफास हुने विश्वास व्यक्त गरे । पक्की ढलनाला निर्माणसँगै सडक बाटो चौडाको काम पुरा भएपछि स्मार्ट सिटी योजनाको पहिलो खुड्किलो पार हुने भएकाले समेत जारी रहेको बिकास निर्माणको कार्यमा साथ दिन नगरवासीमा मेहताले अपिल समेत गरेका छन् । समुन्नत नगरको परिकल्पना साथ इनरुवा नगरपालिका अघि बढेकाले नगरवासीको साथ र सहकार्यको खाँचो रहेको मेहताको भनाई छ ।

बिकासका क्रममा संरचनाहरु बिनास हुन सक्ने भएपनि भोलीको दिनलाई हेरेर हातेमालोगरी अघि बढ्नु आजको आवश्यकता रहेको मेहताले बताए । नगर प्रमुख मेहताले नगरवासीलाई हल्लाको पछि नलाग्न भन्दै स्वयं आफै गएर संचालनमा रहेका योजनाहरुको अनुगमन गरी राय सुझाव र आवश्यक परे खवरदारीमा जुट्न आग्रह गरे । नगर भित्र हाल संचालन भैरहेका बिकासे योजनाहरु वडागत जनप्रतिनिधिको रोहवरमा भैरहेकाले केही व्यक्तिको स्वास्र्थ केन्द्रित रहेर भैरहेको गलत प्रचारबाजीले समग्र नगरको बदनामी गर्ने काम भैरहेको प्रति मेहताले रोष प्रकट गरे ।

सडक बिकास सँगै अन्य संचालित योजनाहरुको प्रमुख दायित्व वडाध्यक्षहरुकै काँधमा भएकाले जनप्रतिनिधिले जनतासामू गरेका बाचा भूलेर स्वार्थ केन्द्रित राजनीतिमा होमिनु ठिक नहुने मेयर मेहताको तर्क छ । नगरप्रमुखका हकमा आफुले खेल्नुपर्ने भूमिकाको विषयमा सदैव सजग रहेको मेहताले बताए ।सडक बिस्तारका नाममा मापदण्ड विपरित काम भैरहेको भनेर आफुमाथि लाग्ने गरेको आरोप निराधार रहेको बताए । मेहताले पहिलो सम्पूर्ण जिम्मेवारी वडाध्यक्षको रहेपनि आफुलाई मुछ्ने काम भैरहेको बताए । तोकिएको मापदण्ड अनुरुप अघि बढ्नु पर्छ भन्ने पक्षमा आफु रहेको मेहताले बताए ।मेयर मेहताले बिकासका नाममा राजनीति नगरी समुन्नत नगर निर्माणमा साथ दिन सामाजिक सञ्जाल मार्फत समेत इनरुवाका नगरवासीका नाममा अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia