मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिन अनुकूल रहेको छ । केही अबरोधको बाबजुतपनि व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रपनि अभिष्ट कार्यमा सफलताको लागि केही उपायको अवलम्बन गर्नु उचित हुनेछ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग फापकर हुनेछ भने माँ इन्द्रायणीको स्तुति तथा श्रद्धाभक्ति गर्नु फापकर हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य कार्यलाई पनि बढीनै यत्न गरेरमात्रै सफलता पाउन सकिने खालको दिन रहेको छ । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । बुद्धिको भरपुर प्रयोग गरेर अनावश्यक रुपमा धनको क्षति हुने तथा पश्चातापमा पर्न सकिने सम्भावनालाई हटाउन कोसिस गर्नुपर्ला । तीर्थ गमन वा मान्यजनको दर्शनभेटको लागि यात्रा गर्नुले खर्चयोगको सदुपयोग हुनसक्ने छ । यहाँको लागि आज तीन अंक र पहेंलो रंगको प्रयोग हितकर हुनेछ भने माँ सन्तोषीको श्रद्धाभक्ति विशेष हितकर हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्यतया आम्दानीकर छ । रपनि विशेष आर्थिक प्राप्तिमा केही अबरोध देखिएको छ । अन्य कमाइतर्फ बुद्धि फिराउँदा हुने आम्दानी पनि फुत्कने र पछुतो पर्नसक्ने छ । कुधनको चेष्टाप्रति आत्मसंयमको जरुरी देखिन्छ । अपेक्षा तथा आश्वासन गरेको तर्फबाट हुने उपलब्धि नहुँदा अल्लि खल्लो महसूस हुनसक्ने छ । तथापि सामान्यतया दैनिक कामकार्य एवं पेशागत व्यवसायिक गतिविधि चालुनै रहनेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको उपयोग र इन्द्रायणी देवी र भैरवदेवको भक्ति आराधना गर्नाले ग्रहको बाधक दोष कम भई केही उपलब्धि हुनसक्नेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन आत्मबल बढाउन र समयको सदुपयोग गर्न सकेको खण्डमा केही राम्रो अवसर प्राप्त हुनसक्ने देखिएको छ । धेरै हौंसिन भने अल्लि नहुने समय छ । बढी हौंसिदा बन्नै पर्ने काम नबन्न पनि सक्नेछ । सामान्यतया मानसम्मान बढ्ने तथा पदप्रतिष्ठा प्राप्ति हुनसक्ने ग्रहगोचर परेकोले राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट ठिकै लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने आज तपाईँले विद्वान एवं मान्यजनबाट आर्शिवाद लिनु हितकर हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज दिन सात्त्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरुसँगको भेटघाट र योजनासंवादको पनि स्थितिलाई गोचरले देखाइरहेको छ । व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने छ । आँटे ताकेका तथा गर्न खोजेर पनि थातिरहेको केही महत्त्वपूर्ण इष्टकार्य पूर्णहुनसक्ने छन् भने केही काम अघि बढ्नेछ । ईज्जत प्रतिष्ठा एवम् कान्ति बढ्नेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा असर गर्नसक्ने छ । दीर्घरोगीले बढी ख्याल पुर्याउन जरुरी देखिन्छ । कार्यक्षेत्रमासंघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनाले स्वास्थ्यकष्ट हुनबाट बच्न सकिएला । आठ अंक, रातो रङ्ग आज यहाँको लागि उपयुक्त रहनेछ भने भगवान महाकालेश्वरको वा आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।
तुला राशिः
तुला राशिहुने हरुको लागि आजको दिन भौतिक सुखोन्नति हुने र सेवा सत्कार मिल्ने छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोगले पनि आजको दिन रमाइलो बनाउने छ । प्रेम पारखीहरुको लागि प्रेमसम्बन्ध सुमधुर हुनेछ । विवाह योग्य युवायुवतीको लागि उपयुक्त स्थानबाट विवाह प्रस्ताव आउनसक्ने पनि सम्भावना छ । देश तथा विदेशको यात्राको संयोग पर्नसक्ने छ । व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने अर्धनारेश्वरको साथमा माँ भुवनेश्वरीको भक्तिआराधना गर्नु फापसिद्ध हुनसक्ने छ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागिआजको दिन पुरुषार्थ बढ्ने कार्यक्षेत्रमा आएको अड्चन हटाउन प्रयत्न हुनेछ भने विपक्षिका उपर प्रतिकार गर्ने योजना पनि बन्नेछ तर, ग्रहले त्यति धेरै बल दिइसकेको छैन जसको कारणले आँट आएपनि काम फत्ते गर्न अल्लि गार्हो पर्नेछ । ससाना काम एवं व्यवसायमा उन्नती हुनेछ । र आम्दानी बढ्नसक्ने छ । शारीरिक आरोग्यता बढ्ने, अनुहारमा कान्ति बृद्धि हुनेछ । आज यहाँको लागि छ अङ्क, हरियो रङ्गको प्रयोग र बढी आँट गरेको काममा सफलता प्राप्त गर्न गुरु वा विद्वान मान्यजनको सेवा आराधना वा गाईको सेवा गर्नु उपयुक्त हुनेछ ।
धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन ज्ञानक्षमताको बल प्रस्तुतिको अवसर मिल्ने छ । विद्याको सदुपयोग गर्नसकिने र प्रशंसा पनि मिल्नेछ । विद्यार्थीले आजको दिनको बढी फाइदा उठाउन सकिनेछ । प्रख्याति फैलिने खालको वैचारिक काम सम्पादन हुनसक्ने छ । कलाकौशलता बढ्ने र दार्शनिक तथा सैद्धान्तिक पक्षमा पनि सफल भइने छ । अध्ययनाध्यापन एवं शिक्षणप्रवचन आदि बौद्धिकक्षेत्रका व्यक्तित्तवको लागि विशेष अनुकूलप्रद दिन रहनसक्ने छ । कर्मक्षेत्र तथा व्यवसायिक प्रगति हुनाले आर्थिक सङ्कलन हुनेछ । आज तपाईको लागि पाँच अंक, रातो रङ्गको प्रयोग शुभ हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नाले पूण्य मिल्ने छ ।
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन ख्याल पुर्याउनपर्ने खालको छ । ख्यालख्यालमा कसैसँग विवाद हुनपनि सक्नेछ । काममा अबरोध आउनसक्ने र आरोप खेप्नुपर्ने हुनसक्नेछ । पारिवार एवं इष्टमित्रसँग विचारान्तर हु“दैमा हिम्मत नहारेर बुद्धिले कामलिनु बुद्धिमानी हुनेछ । मनमा केही संकोचित विचार बढ्नाले संसर्गीहरुसँग विवाद हुनसक्ने भय देखिएको हुनाले केही सावधानी एवम् संयम गर्नु मनासिव हुनेछ । चोटपटकको पनि भय छ । आँटसाहस र धैर्यता नगुमाई स्वकर्ममा लगनशील रहनाले अप्रत्यासित रुपमा लाभ र सफलता पनि मिल्ने देखिएको छ । आज यहाँको लागि आमाको सेवा सत्कार गरी आर्शिवाद लिनु शुभकर हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । तथापि ज्ञानोन्माद्पूर्ण हौंस्याहट बढ्न गरी हुनपर्ने जति कार्यसफलता नहुने र कम उपलब्धिले चित्तबुझाउन पर्ने सम्भावना देखिन्छ । सावधानि र लगनशीलतापूर्वक आफ्नो पेशालाई निरन्तरता दिएमा व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । स्वजनको सहयोग र प्रसंशा मिल्नेछ । तीन अङ्क, हरियो रङ्गको प्रयोगको साथमा विशेष काममा आउने कष्ट एवम् कठिनाइको निवृतिको लागि गुरुवत् मान्यजनको मार्गदर्शन लिनु हितकर हुनेछ ।
मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन लक्ष्मी तथा सरस्वती दुवैको कृपा मिल्ने योग परेकोले खजाना–धन दौलत जम्मा हुने र ढुकुटी बढ्ने देखिन्छ भने बोलीको सकारात्मक प्रभाव पर्नेछ । आज विषय वस्तु अर्थात कुरो बुझाउन सक्ने खुबीको विकास हुनाले धेरै मान्छेसँग डिलगर्न सकिने छ । बुद्धिमतापूर्वक समयको सदुपयोग गरेको खण्डमा मान्छेहरुबाट समर्थन लिन सकिने दिन रहेको छ । महत्तवपूर्ण काममा आफन्तहरूबाट सहयोग मिल्नेछ । लाभ एवम् सफलताको कारण कामकार्यमा थप उत्साह तथा उमङ्ग बढ्नेछ । आज तपाईँलाई दुई अङ्क, सेतो रङ्गको प्रयोग र नारायण भगवानको सेवा आराधना गर्नु सुखप्रद हुनेछ ।








