अमर काफ्ले पुष १४ इनरुवा/ समूदाय केन्द्रित कार्यक्रम लिएर गाउँ छिरेको सामूदायिक बिकास संस्था सिडिओ सुनसरी आशातित सफलता उन्मूख देखिएको छ ।समाजमा व्याप्त कुरिति,कुसंस्कार र जातिय विभेद चिर्नु मात्रै नभएर सामाजिक सद्भाव कायम गर्ने लक्ष्य साथ सिडिओ सुनसरी नरसिंह प्रवेश गरेको थियो । । यतिवेला नरसिंहका वस्तीहरुमा पुग्दा संस्थाले चालेका प्रयास सार्थक भएको देख्न र अनुभूति गर्न सकिन्छ ।साविकको नरसिंह गाविस हाल सिङगो वडामा परिणत भएको छ । जहाँ मुस्लिम समूदायको बाहुल्यता छ ।
कुनैबेला जातीय द्धन्द्धकै छनक दिने खालका घटनाको चपेटमा थियो नरसिंह । आसपास छिमेकी गाउँका सर्वसधारणको त कुरै छोडुम एकै स्थानका बासिन्दाबिचमा समेत वैमनश्यताका कारण मेल थिएन् । अन्तरद्धन्द्धले आक्रान्त बनेको स्थान अन्यका लागि विरानो झैं बन्न पुगेको थियो ।गाउँमा सद्भावकालागि सिडिओ सुनसरीको प्रवेशले निर्णायम मोड लिँदा यतिवेला समाजमा आपसी सद्भाव र भाईचारा कायम भएको छ । आपसी कटुता भुलेर बसोवास रहेको सबै जातजातिबिच सद्भाव स्थापित गराएको छ ।

खुलेर बोल्ने, हिडडुल गर्ने र समान अधिकारका बारेमा वकालत गर्ने मात्रै नभएर अधिकार प्राप्तीकालागि आवाज बुलन्द गर्ने कार्यमा समेत स्थानीयहरु जागरुक हुन थालेका छन् ।सामाजिक परिचालक रामचन्द्र यादव कार्यक्रमले गाउँलेको मुहारमा खुशीको सञ्चार गराएको बताउँछन् । विगत भूलेर वर्तमानमा हातेमालो गरी अघि बढेको समाज सामाजिक सद्भावको नविनतम उदाहरण बनेको यादवको भनाई छ ।
राष्ट्रसंघीय नियोग यूएनडीपीको सहयोगमा सामाजिक र जातीय सद्भाव कायम गर्ने उदेश्यकासाथ संचालित कार्यक्रम सफल बन्नुमा स्थानीय तहमा कार्यक्रम संचालनमा ल्याउने संघसंस्थाको भूमिका , कार्यसम्पादन र प्रभावकारीता महत्वपूर्ण हुने गर्छ । जसमा सामाजिक बिकास संस्था अब्बल सावित भएको गाउँवासीको बुझाई छ । उनिहरुले कार्यक्रमको निरन्तरता सहित थप प्रभावकारी कार्यक्रमहरु संचालनमा आउने अपेक्षा समेत गरेका छन् ।संस्थाले सो स्थानमा सामाजिक सद्भाव समिति गठन गरेर स्थानीय समस्याको छिनोफानो गर्ने गरेको छ । जुन कदम स्थानीयवासी सबैको रुचाई र बढ्दो समर्थनले समेत कार्यक्रमको प्रभावकारीतालाई पुष्टि गरेको सरोकारवालाहरु बताउँछन् ।संस्थाले जनचेतना मूलक सडक नाटक, सरोकारवालाहरुसँगको अन्र्तकृया सहित आयआर्जनको पाटोमा सुदृढिकरणकालागि एकिकृत तरकारी खेती जस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ । युवा सहभागिता बढाउन छलफल, गोष्ठी, क्षमता अभिवृद्धि सम्वन्धि तालिमका साथै सहभागितामूलक खेलकुद प्रतियोगिता जस्ता कार्यक्रमलाई समेत संस्थाले निरन्तरता दिँदै आएको छ ।

सामाजिक बिकास संस्थाका कार्यक्रम संयोजक धिरज भट्टराई कार्यक्रम लागु रहेकै अवस्थामा जनस्तरबाट प्राप्त सकारात्मक सुझाव सहितको साथ र सहयोगले कार्यक्रमको निरन्तरताकालागि थप हौसाएको बताउँछन् । भट्टराईले स्थानीयको माग मुताविकका सहभागिता मूलक कृयाकलापका अलावा थप योजनाहरु संचालनमा ल्याउन लागिपरेको बताए ।संस्थाले चालेको पहलमा सबैको साथ र सहयोग मिलेकाले नरसिंहमा सामाजिक सद्भावको नाराले सार्थकता पाएकोमा कार्यक्रम संयोजक भट्टराई दङग देखिन्छन् । यद्यपी स्थानीयका माग अनुरुप अन्य धेरै गर्न बाँकी रहेकाले आफु र आफ्नो संस्थाको प्रयास जारी रहने उनि बताउँछन् ।










