१५ पौष, इनरुवा। सुनसरीको इनरुवा ९ साविकको बबिया ४ आज ठूलो आगलागीको घटनाबाट जोगिएको छ । बबियामा मध्यान्न १२ बजे तिर गुडिरहेको ट्याक्टर माथी बिजुलीको तार सर्ट भइ अचानक आगलागी भएको हो।

पराल लिएर गाउ पसेको ट्याक्टरमा आगलागी भएपनि गाउमा ठूलो आगलागी हुनबाट जोगिएको छ । स्थानीय मनोज कुमार यादवको पराल लिएर आइरहेको ट्याक्टरमा बिजुलीको तार सर्ट भइ माथी बाटै आगलागी भएकाले १० हजार बढीको पराल क्षती भएपनि अन्य मानविय तथा भौतिक क्षती नभएको बताइएको छ । आगलागीलाई इनरुवा नगपालिकाको दमकलले समयमा नै नियन्त्रणमा लिएकाले थप क्षती हुनबाट जोगिएको स्थानीय विद्यानन्द यादवले जानकारी दिनुभयो ।

स्थानीय बसनती यादवले केहि महिना अगाडि रुख काट्ने क्रममा बिजुलीको तारमा नोकसानी भइ साविकको भन्दा तार केहि तल आएकाले ट्याक्टरमा आगलागी भएको प्रत्यक्ष दर्शीहरुले बताएका छन । केही स्थानीयले भने विद्युत प्राधिकरणको लापरवाहीका कारणले आगलागी सम्मको घटना हुन पुगेको बताएका छन । घटनामा ट्याक्टर सकुशल रहेपनि पराल भने पूर्ण रुपमा जलेर नष्ट हुदा १० हजार बढीको क्षती भएको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia