१७ पौष, दिपेन्द्र यादव इनरुवा। सुनसरीको भोक्राहा गाउँपालिका वार्ड नं. ४ र ६ स्थित रहेको चिरौली चौकमा एक पैदल यात्रीलाई मोटरसाईकलले ठक्कर दिदाँ घटना स्थलमै मृत्यु भएको छ । भोक्राहा वार्ड नं. ६ बस्ने अन्दाजी ५५ वर्षिय पैदल यात्री कालु उँरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। चिरौली चौकमा बाटो काट्ने क्रममा उँरावको मृत्यु भएको हो ।

मृतक उँरावलाई पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको को ३२ प ३७६० नम्बरको मोटरसाईकल चालक इनरुवा ९ बविया बस्ने अवास मंसुरीको १५० सिसिको पल्सर मोटरसाईकलले ठक्कर दिदाँ मृत्यु भएको हो । मृतक उँरावलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल इनरुवामा राखिएको छ भने मंसुरीको मोटरसाईकल जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। मोटरसाईकल चालक मंसुरी पनि घाइते भएका छन्। घाइतेको उपचार न्यूरो हस्पिटलमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia