१७ पौष, जयकृष्ण यादव इनरुवा। सुनसरीको हरीनगरा गाउँपालिका ३ गौतमपुरमा यूवाहरुको सक्रियतामा सुरक्षा नीति लागू गरिएको छ । गाउँमा चोरी तस्करीको घटना र त्रास बढेकाले सुरक्षा नीति अपनाइएको हो । यूवाहरुले वडा कार्यालय र प्रहरीसँगको सहकार्यमा आफ्नै सुरक्षा नीति लगाएर रात्री गस्ती समेत थालेका छन् ।

यूवाहरुले गाउँको सुरक्षाकालागि राति ९ बजेदेखि बिहान ४ बजेसम्म टर्च लाइट र सुरक्षाको प्रबन्ध सहितका बाहेकलाई गाउँ प्रवेशमा रोक लगाइएको बताइएको छ । यूवाहरुले गाउँमा शान्ति सुरक्षा कायम गर्ने गरी रात्री गस्ती थालेको स्थानीय विनोद मेहताले जानकारी दिनुभयो । मेहताका अनुसार आइतबार देखि प्रहरी, स्थानीयबासी, वडा अध्यक्ष सहितका सरोकारवालाहरुले गाउँमा शान्ति सुरक्षाका लागि नया रणनीति अपनाएको हो ।

रणनीति अनुसार रातिको समयमा गाँउ पस्ने अपरिचित व्यक्तिलाई नियन्त्रणमा लिने, शंकास्पद गतिविधि गर्नेलाई नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाउने निर्णय समेत गरिएको छ । यस गाउँमा पटक पटक चोरी र तस्करीका घटना भएकाले त्यसलाई रोक्ने उद्धेश्यका साथ यूवाहरुले टोल टोलमा समूह समेत गठन गरी गस्तीको तयारी थालेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia