१८ पौष,तेजबहादुर बन इटहरी। चाडपर्वकाे समयलाइ मध्यनजर गर्दै इटहरी उपमहानगरले खरिद गरेकाे विद्युतिय चिम (सिएफएल ) प्रकरणमा गठित छानबिन समितिले साेमबार प्रतिवेदन सार्वजनिक गरेकाे छ । साेमबार इटहरीका मेयर द्वारिकलाल चाैधरीलार्इ बुझाइएकाे छानविन प्रतिवेदनमा नियत बस रू २० लाख भ्रष्ट्रचार भएकाे निस्कर्ष निकालिएकाे उल्लेख गरिएकाे छ ।
छानविन समितिका संयाेजक तथा वार्ड नं ६ का अध्यक्ष दिपक गाैतमका अनुसार सबै तथ्यहरू भेला गर्दा जम्मा २० लाखकाे हाराहारीमा अनियमितता भएकाे पाइएकाे बताए । उनले बजारकाे भन्दा २० प्रतिशत बढी मुल्यमा सिएफएल खरिद भएकाे निस्कर्ष सहित प्रतिवेदन मेयर चाैधरीलार्इ बुझाएकाे बताए ।
आर्थिक बर्ष २०७४÷७५ मा खरिद गरिएका सिएफएल बल्ब तथा उपकरण खरिदमा ९० लाख बढी भ्रस्ट्रचार भएकाे समाचार सार्वजनिक भएपछि दाेषी पत्ता लगाइ कार्वाही गर्न छानबिन समिति गठन गरिएकाे थियाे । छानविन समितिले ताेकिएकाे मितिभन्दा धेरै समय लिएर प्रतिवेदन बुझाएकाे छ तर भ्रष्ट्रचार भएकाे उल्लेख गरे पनि भ्रष्ट्रचारी काे हाे भन्ने बिषयमा कतै उल्लेख गरेकाे छैन ।
इटहरी उपमहानगरले आर्थिक बर्ष २०७४÷७५ को पहिलो त्रैमासिकमा खरिद गरिएका ९७ लाख मुल्यका सिफएल खरिदमा ६० लाख बढी रकम भ्रष्ट्रचार भएकाे समाचार सार्वजनिक भएकाे थियाे । साेही समाचारकाे बिषयलार्इ लिएर अख्तियार दुरूपयाेग अनुशन्धान अायाेगले पनि बेग्लै छानविन गरीरहेकाे छ ।
यता सिएफएल प्रकरणमै छानबिन गरिरहेकाे अख्तियार दुरूपयाेग अनुशन्धान अायाेग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले भने केही समय पर्खन अनुराेध गरेकाे छ । इटहरी उपमहानगरले बनाएकाे छानविन समिति भन्दा केही फरक तरिकाबाट अनुशन्धान थालेकाे अख्तियारले सिएफएल खरिदमा धेरै रकम भ्रष्ट्रचार भएकाे तर छानबिन टुंगाेमा पुग्न केही समय लाग्ने भएकाे हुदा धैर्य गर्न अनुराेध गरेकाे छ।
अख्तियारकाे पूर्वाञ्चल क्षेत्रीय प्रमुख कालिप्रशाद पराजुलीका अनुसार उपमहानगरले बनाएकाे छानबिन समितिले निकालेकाे निस्कर्ष भन्दा केही फरक प्रतिवेदन अख्तियारकाे रहने भएकाे छ । उपमहानगरका तर्फबाट बनेकाे छानविन समितिले सिएफएल तथा जिन्सी खरिदमा २० लाख भ्रष्ट्रचार भएकाे उल्लेख गरेपनि अख्तियारले त्याे भन्दा धेरै रकम भ्रस्ट्रचार भएकाे उल्लेख सहित प्रतिवेदन तयार पारीरहेकाे जनाएकाे छ । प्रतिवेदन तयार पार्न समय लाग्नेभएकाेले केही हप्ता पर्खन सबैलार्इ अख्तियारले अनुराेध पनि गरेकाे छ ।










