१९ पौष, सुनसरी। सुनसरीको कोशी गाउँपालिका ३ स्थित राजा पोखरीमा बुधबार बिहान मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन्। पूर्व-पश्चिम लोकमार्गमा पूर्वतर्फ आउँदै गरेको को ११ प ६२५९ नम्बरको मोटरसाईकल बिहान साढे ७ बजे आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी मोटरसाईकलमा सवार चालक दुहबी नगरपालिका ११ बस्ने ३५ बर्षिय परमेश्वर ठाकुर र पछाडी सवार सोही ठाउँका ३० बर्षिय राजेन्द्र पासवान घाईते भएका थिए। घाईते दुबै जनालाई उपचारकालागी जिल्ला अस्पताल ईनरुवा ल्याईएकोमा गम्भीर घाईते पासवानको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia